Breaking

प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाको माग


काठमाडौं—रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका छन् ।प्रतिनिधि सभाको मंगलबारको बैठकमा उनले सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।

सुशासनको कुरा गर्ने सरकारले १० महिनासम्म पनि सम्पत्ति विवरण किन सार्वजनिक नगरेको ? भनेर उनले प्रश्न गरे । सांसद झाले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रमाथि राज्यले दुव्र्यवहार गरेको आरोप समेत लगाए ।

चैत १५ गते राजावादीहरुले काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि मिश्र प्रहरी हिरासतमा छन् । उनलाई प्रहरीले हतकडी लगाएको फोटो सार्वजनिक भएपछि त्यसको औचित्वबारे कतिपयले प्रश्न उठाइरहेका छन् । यसैसन्दर्भमा रास्वपा सांसद झाले पनि मिश्रमाथि राज्यबाट दुव्र्यहार भएको आरोप लगाएका हुन् ।