काठमाडौं—पाकिस्तानले पहलगाम आक्रमणको अनुसन्धानमा चीन र रुसलाई पनि समावेश गर्नुपर्ने माग गरेको छ। पाकिस्तानका रक्षामन्त्री ख्वाजा आसिफले रुसी मिडिया रिया नोवोस्तीलाई दिएको अन्तर्वार्तामा चीन र रुसलाई सहभागी गराउनुपर्ने माग गरेका हुन् ।
भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (एनआईए) ले आइतबार पहलगाम आतंकवादी हमलाविरुद्ध जम्मुमा मुद्दा दर्ता गरेको छ। घटना अनुसन्धानका क्रममा जम्मु–कश्मीर सुरक्षा बलले ३ दिनमा कश्मीर उपत्यकामा १० आतंककारीको घर ध्वस्त पारेको दाबी गरिएको छ।
पछिल्ला दुई दिनमा २७२ पाकिस्तानी नागरिकले भारत छाडेका छन्। यसैबीच, १३ जना कूटनीतिज्ञसहित ६२९ जना भारतीय पाकिस्तानबाट फर्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन । अप्रिल २२ मा पहलगाममा अतंकवादीहरूले अन्धाधुन्ध गोलीबारी गरी २६ पर्यटकको हत्या गरेका थिए।
प्रतिक्रिया