काठमाडौं—नेपालमा राणाहरुले १०४ वर्ष शासन गरे । विक्रम सम्बत १९०३ देखि प्रारम्भ भएर २००७ साल कायम रहेको यो शासनमा देशका मुख्य र शक्तिशाली पदमा राणा खानदानका नै मानिसहरू नियुक्त हुन्थे । आधारभूत मौलिक अधिकार हुँदैनथ्यो । कुनै कानुन हशन्थेन । राणाले जे बोले त्यही कानुन सरह लागू हुन्थ्यो ।
कसैले गल्ती गरे त्यसका लागि कुनै कानुन हुँदैनथ्यो । त्यसबेला यदि कुनै घटना भयो भने रानीपोखरीमा लगी एक हातमा झण्डा दिई हाम्फाल्न लगाइँदो हेछ । नडुब्ने बेकसुर हुने र डुब्ने चाहिँ दोषी हुने निसाफ वा न्यायको तरिका हुन्थ्यो ।
यो शासनको सुरुवात हुनुमा वर्षैँदेखि देश हाँकिरहेका शाह राजा र परिवारमै भएको गुटबन्दी, गद्दीका लागि भाइ भारतदरबीचमै भएका काटमारको अवस्थाले राणाको हातमा पुग्यो । तर, राणहरु पनि मिलेर बस्न सकेनन् ।
प्रतिक्रिया