काठमाडौं—चैत १५ गते तीनकुनेमा विध्वंश मच्चाएपछि सत्तादेखि सडककै निसानामा परेका राजावादीहरुकोे हुटहुटी यतिबेला सेलाएको छ ।
उग्र बनेको चैतको आन्दोलन तितरवितर भएपछि दबावमा रहेको निर्मलनिवास र राजावादीहरु एकजुट हुने प्रयासमा छन् । यता गृह प्रशासनले हिरासतमा रहेका रवीन्द्र मिश्रको दुवै हातमा हतकडी लगाउँदै अदालत परिसरमा लैजाँदा समर्थकले प्रहरीमाथि प्रश्न उठाएका छन् ।
राजद्रोह र संगठित अपराधको आरोपमा पक्राउ परेका मिश्रको फेरि म्याद थपिएको छ भने उपचारका लागि भारत पुगेका धवलशमशेर राणा सोमबारको आन्दोलनको सहभागी हुने गरी आइतबारै स्वदेश फर्किदैछन् ।
त्यसो त राप्रपाका नेताहरुलाई निर्मल निवासमै लञ्च मिटिङ गराएर आन्दोलन चर्काउने योजना बनाए पनि पूर्वराजा ज्ञानेन्द्र शाह सफल हुन सकेका छैनन् । व्यवस्थाविरुद्ध राप्रपाले बल्खुमा गरेको प्रर्दशन फिक्का सावित भयो ।
प्रतिक्रिया