Breaking

ओलीको होस् खुलाउने शिक्षक र प्रहरीको घम्साघम्सी, बिचौलिया मिसिए, दिनभरको दृश्य यस्तो(भिडियो)


काठमाडौं—सामाजिक सञ्जाल र मिडियामा छरपस्ट यी ढुङ्गा प्रहार गर्दै गरेका व्यक्तिहरु अरु कोही नभएर शिक्षक हुन् । अर्थात यी आक्रामक व्यक्तिहरु आफ्ना विद्यार्थीलाई शिक्षा र नैतिकता पढाउने गुरु हुन् । यतिमात्र होइन प्रहरीको ब्यारिकेट हटाउने यो समूह पनि शिक्षक कै हो ।

यो दृश्य हो आइतबारको । यतिका दिन शान्तिपूर्ण आन्दोलन गर्दै आएका शिक्षकहरु २६ औँ दिनमा भने आक्रामक देखिए । जसले झपडको स्थिति बन्यो । प्रहरीका अनुसार झडपबाट पत्रकारसहित २३ जना घाइते भए भने एक लाखको क्षति भएको बताएको छ । घटनाक्रम हेर्दा सदा झैँ माइतीघरमा भेला भएर बानेश्वरतिर लागेका शिक्षकले निषेधित क्षेत्र तोड्न खोजेका थिए ।