राजनीति

कांग्रेससँग निहुँ खोज्दै ओली, गगन र कान्छारामसँग भिडे, कम्युनिस्ट मिलाउने देव गुरुङ तुरुप(भिडियो)


काठमाडौं—दुई घण्टाको भलाकुसारीपछि प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाको मन माझामाझ भएको छ । सरकार ढलिहाल्ने चर्चाका बीच ओली–देउवा मिलेका छन् । देउवाले सरकार निरन्तर रहने धाप मारेपछि ओलीले पूर्ण आत्मविश्वासी शैलीमा विपक्षीहरुमाथि प्रहार गरेका छन् ।

तर, ओली–देउवा मिल्दैमा कांग्रेस–एमाले पनि मिलेका हुुन् त भन्ने प्रश्न कायम छ । यो सरकार बनाउने प्रकृयादेखि नै ओली–देउवाका हरेक छलफलहरुमा देखिने परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा पछिल्ला केही बैठकहरुमा छुटिरहेकी छन् । ओलीको पछिल्लो बैंकक भ्रमणयता आरजु ओलीसँग असन्तुष्ट रहेको बुझिन्छ । त्यसमाथि ओलीले गगन थापालक्षित अर्को अभिव्यक्ति दिएका छन् । जसले कांग्रेस–एमाले अझै मिलिसकेका छैनन् भन्ने संकेत गर्छ ।