Breaking

गणतन्त्रवादीमाथि जाइलागे ज्ञानेन्द्र शाही, राजा र राणा फर्काउन व्यंग्य, कांग्रेसका मन्त्रीको पक्षमा माओवादी (भिडियो)


काठमाडौं—प्रतिनिधिसभाको बैठकमा गणतन्त्रवादी र राजतन्त्रवादी दलका सांसदहरूबीच सधैं मुठभेडकै अवस्था सिर्जना हुने गरेको छ । व्यवस्थाको पक्षधर र व्यवस्थालाई फ्याल्न खोज्ने उनीहरूको वैचारिक द्वन्द्व छैटौं अधिवेशनको सुरुको बैठकदेखि नै जारी छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबारको प्रतिनिधिसभा बैठकमा भाटभटेनीमा रक्सी चोर्नेमा नेपाली कांग्रेस सहमहामन्त्रीका छोरा पनि रहेको प्रमाण आफूहरूसँग रहेको बताएका थिए । भाटभटेनीमा रक्सी चोर्नेमा सत्तारुढ दलका सहमहामन्त्रीका छोरा रहेकाले प्रहरीले पक्राउ गरेर तत्काल छाडेको लिङ्देनको दाबी थियो ।