Breaking

राजावादीहरुले आज रत्नपार्कमा प्रदर्शन गर्दै


काठमाडौं—राजावादीहरूले आज रत्नपार्कमा प्रदर्शन गर्दै छन् । राप्रपा नेपालको आयोजना र समन्वयमा हिन्दु र राजावादी पार्टी, समूह र व्यक्ति प्रदर्शनमा सहभागी हुने राप्रपा नेपालका प्रवक्ता राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

शान्ति बाटिका रत्नपार्कमाआज दिउँसो साढे १ बजे हुने प्रदर्शनमा राप्रपा नेपालका अध्यक्ष कमल थापा, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदी, राष्ट्रिय शक्ति नेपालका अध्यक्ष केशरबहादुर विष्टलगायतका नेता सहभागी हुने बर्तौलाले बताउनुभयो ।

राष्ट्रिय झण्डासहित प्रदर्शन हुने पनि उहाँले जानकारी दिनुभयो । आस्थाका बन्दीहरूलाई तत्काल रिहा, हिन्दुराष्ट्र र संवैधानिक राजसंस्था पुनःस्थापनाको माग आफुहरुको रहेको बर्तौलाले बताउनुभयो ।