प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।
यस्तै, प्रधानमन्त्री केपी ओलीले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१’ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।
शिक्षामन्त्री रघुजी पन्तले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । यस्तै पर्यटनमन्त्री बद्रीपाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।
प्रतिक्रिया