Breaking

प्रतिनिधि सभा बैठक आज पनि बस्दै

योहो संवाददाता

प्रतिनिधि सभा बैठक आज पनि बस्दै छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजे बस्ने गरी बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा अन्तर्गतको विषयगत समितिहरुमा सदस्यहरुको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ ।

यस्तै, प्रधानमन्त्री केपी ओलीले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको आर्थिक वर्ष २०७९÷८० र २०८०÷८१’ को नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गर्ने कार्यसूची छ।

शिक्षामन्त्री रघुजी पन्तले ‘शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्नुहुने छ । यस्तै पर्यटनमन्त्री बद्रीपाण्डेले नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।