समाचार

पत्रकार कार्कीको दुबै आँखामा गहिरो चोट , भिजनमा समस्या


काठमाडौं—आइतबार दिउँसो शिक्षक आन्दोलनको क्रममा घाइते भएकी पत्रकार सबिना कार्कीको अहिले तिलगंगा आँखा अस्पतालमा उपचारका भइरहेको छ । उपचारमा संलग्न चिकित्सकका अनुसार चोटको कारणले गर्दा दुवै आँखाको लेन्सहरु सुन्निएको छ ।

आँखामा रगत पनि जमेको छ । आँखाभित्र पनि रगत जमेकोले गर्दा भिजन कम (देख्ने क्षमता) कम रहेको छ । चोटले गर्दा आँखामा प्रेसर पनि बढेको छ–डा. सिभान्त श्रेष्ठ
भिडियो एक्सरेबाट हेर्दा पर्दा च्यातिएको जस्तो देखिएको छैन । तर कहिलेकाहीँ रगत जमिदिने, बीचको हेर्न भाग सुन्निने जस्ता भागहरु राम्ररी नदेखिने हुन्छ । जसले गर्दा आँखाको नानी वरिपरिका भागहरु पनि प्रष्टसँग नदेखिएको उनले बताइन्।

सीटी स्क्यानबाट थप हेरिने उनले बताइन् । ‘उहाँलाई नर्मल नै भन्न त मिल्दैन किनकी आँखाको भिजन एकदमै कम छ । अब हेर्दै जानुपर्छ । पछाडि पर्दामा पनि धेरै चोट लागेको रहेछ भने धेरै समय लाग्न सक्छ,’ डा. श्रेष्ठले भनिन् ।