काठमाडौं—क्यानडाको भ्यानकुभर शहरको सडक महोत्सवमा एक व्यक्तिले अन्धधुन्ध कार चलाउँदा ९ जनाको मृत्यु भएको छ ।
‘लापु लापु डे’ नामको फिलिपिनो सांस्कृतिक महोत्सव चलिरहेका बेला स्थानीय समय अनुसार राति८ बजे उक्तघटना भएको हो । महोत्सवमा हजारौँ मानिसको सहभागिता थियो ।
प्रत्यक्षदर्शीका अनुसार कालो अडीको एसयूभी तीव्र गतिमा भीडमा अचानक प्रवेश गरेको थियो । प्रहरीले कार चालक कोलम्बिया शहरका ३० वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको छ ।
घटनापछि सामाजिक सञ्जालहरूमा पोस्ट भएका भिडिओहरूमा मानिसहरू सडकमा लडिरहेका अवस्थामा देख्न सकिन्छ । यसैबीच, क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले घटनाप्रति दुःखव्यक्त गर्दै पीडित परिवारप्रति समवेदना प्रकट गरेका छन् ।
प्रतिक्रिया