काठमाडौं—नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सरकारले आफ्नै प्रतिबद्धता अनुसार काम गर्न नसकेको बताएका छन्। सुशासन दिने, सार्वजनिक सेवा प्रवाहमा चुस्तता ल्याउने, संविधान कार्यान्वयन गर्ने लगायतका प्रतिबद्धता जनाएर संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले सरकार बनाएको उनले स्मरण गरे। तर, त्यसअनुसार काम गर्न नसकेको भनेर आलोचना समेत गरे । त्यसक्रममा माओवादी सांसद सापकोटाले सरकारले सुरु देखि नै नेपाल विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई दुःख दिएको बताए।
त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी मुलुकमा भ्रष्टाचार बढेकै कारण लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थामाथि कालो बादल मडारिएको टिप्पणी गरेका छन् । अहिले मुलुकमा भ्रष्टाचार चरमचुलीमा पुगेको उनको भनाइ छ । उहाँले गणतन्त्रवादी दलहरु भ्रष्टाचारमा लिप्त हुँदा प्रतिगामीहरुले गणतन्त्र, लोकतन्त्र उल्ट्याउने र राजतन्त्र भएपछि मुलुक स्वर्ग हुन्छ भन्ने झुटको खेति गरिरहेको बताए ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले सरकारलाई आफ्नो आयुको भन्दा उपलब्धीको चर्चा गर्न चुनौती दिए । उनले सरकारले आफ्नो उपलब्धी सुनायो भने सरकारको आयुबारे थाहा हुने टिप्पणी गरे विश्व समुदायमा अर्थतन्त्र र सम्भावित युद्धको बारेमा चर्चा भइरहँदा नेपालका उद्योगमन्त्री चुरोट र रक्सिको लाइसेन्स कतिमा बेच्ने ? भनेर चर्चा गरिरहेको आरोप समेत लगाए ।
प्रतिक्रिया