देश

सुदीप न्यौपानेको हत्याको विरोधमा पाकिस्तानी दुतावास अगाडि प्रदर्शन


काठमाडौं । भारतको जम्मु कस्मिरस्थित पाहलगममा भएको आतङ्ककारी हमलामा नेपाली युवा सुदीप न्यौपानेको हत्याको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ ।
आज नेपाल नागरिक अभियानले काठमाडौंस्थित पाकिस्तानी दुतावासको अगाडि प्रदर्शन गरेको हो । आतंकबादी हमलामा परेर बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेले ज्यान गुमाएका थिए ।

सो घटनाको विरोधमा आतंकवादविरुद्ध ऐक्यवद्धता जनाउँदै नागरिक अभियानलले पाकिस्तानी दुतावास अघि प्रदर्शन भएको हो ।

उनीहरुले पाकिस्तानी सेना मुर्दावाद, आतंककारीलाई कारबाही गर, मानवताको रक्षा गरलगायतका प्लेकार्ड र ब्यानर बोकेर प्रदर्शन गरेका छन् ।।