काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमालेका संसदीय दलका नेता केपी शर्मा ओलीले सरकार परिवर्तनको हल्ला गर्नेहरु पुर्पुरोमा हात लगाउन थालेको बताएकाछन् ।
आज बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले कांग्रेस सभापति शेरबहादुर देउवा आए लगत्तै सरकार ढल्छ भन्ने गरेकोप्रति लक्षित गर्दै अहिले पुर्पुरोमा हात लगाएर बस्ने गरेको टिप्पणी गरे ।
सरकार परिवर्तनको हल्ला फिजाउन जरुरी नरहेको बताउनु भयो । हल्लाखोरको पछाडि लाग्न नहुने भन्दै मिसन २०८४ मा लाग्न पार्टीका नेता÷कार्यकर्ताहरुलाई उहाँले आग्रह गरे ।
यस्तै प्रधानमन्त्री ओलीले संसद्मा बोलिएका गलत कुराहरुको तत्काल प्रतिवाद गर्न निर्देशन दिए । संसद्मा राष्ट्रियताको पक्षमा स्पष्ट दृष्टिकोण राख्ने, अडान राख्ने, उभिने काम गर्न निर्देशन दिए ।
प्रधानमन्त्री ओलीले राष्ट्र भन्दा ठूलो अरु नहुने भन्दै उहाँले देशप्रति निष्ठा नहुने तत्वहरुको मुखुण्डो उतार्नुपर्ने बताए ।
प्रतिक्रिया