काठमाडौँँ – कागेश्वरी मनोहरा नगरपालिकाले सेवा प्रवाहलाई अझ प्रभावकारी, छरितो र नागरिकमैत्री बनाउने उद्देश्यका साथएकीकृत सेवा प्रणालीको औपचारिक सुरुआतगरेको छ। २०८२ सालको बैशाख २ गतेदेखि लागू भएको यो प्रणाली अन्तर्गत अब नगरवासीहरूले विभिन्न सेवा लिनका लागि एक शाखाबाट अर्को शाखा धाउने झन्झट हट्ने / हटेकोछ । सम्पूर्ण प्रशासनिक शाखा प्रमुखहरू एउटै स्थानमा, राउण्ड टेबल प्रणालीमार्फत बसेर सेवा दिइरहेका छन्, जसले सेवा प्रक्रिया पारदर्शी मात्र होइन, सहज र व्यवस्थित पनि बनाएको छ।
नगर प्रमुखउपेन्द्र कार्कीले जनताको पहुँचमा सहज सेवा पुर्याउने प्रतिबद्धताअनुसार यो प्रणाली कार्यान्वयन गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार, “नागरिकहरूले अब एउटै स्थानमा सम्पूर्ण सेवा पाउनेछन्, र सेवा अनुभव सरल, छिटो र भरपर्दो हुने छ।”सेवाप्रणाली‘Service with Smile’भन्ने अवधारणामा आधारित रहेर सुरु गरिएको बताउँदै उहाँले सेवा अब औपचारिक प्रक्रिया मात्र नभई आत्मीय र जिम्मेवार सेवा बन्ने विश्वास व्यक्त गर्नुभयो।
नगर उप–प्रमुख शान्ता थापाले एकीकृत सेवा प्रणालीलाई जनमैत्री, छरितो र पारदर्शी सेवाको प्रतीकका रूपमा अघि बढाइएको बताउँदै, ‘सिंहदरबारको सेवा घर–घरमा’ भन्ने नारालाई व्यवहारमा उतारिएको स्पष्ट पार्नुभयो। नयाँ वर्षसँगै नयाँ कार्यशैलीको थालनी भएको उल्लेख गर्दै, आफ्नो कार्यकालभरि सेवा प्रवाहलाई यस्तै प्रभावकारी ढंगले निरन्तरता दिने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो।
उहाँका अनुसार, सेवा केन्द्रमा प्रत्यक्ष रूपमा नागरिकसँग संवाद गर्दै समस्या पहिचान गरिनेछ र समाधानमा तत्कालतामा जोड दिइनेछ। यो प्रणाली समय व्यवस्थापन, अन्तरशाखा समन्वय, नीति तथा योजनाको एकीकृत कार्यान्वयन, र गुणस्तरीय सेवा प्रवाहमा निरन्तर सुधारको उदाहरण बन्ने विश्वास व्यक्त गर्नुभयो।
प्रतिक्रिया