आन्दोलनरत शिक्षक महासंघ र सरकारबीच आज वार्ता हुने भएको छ । सरकारको तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त र मन्त्रालयको तर्फबाट शिक्षा सचिव दिपक काफ्लेले महासंघलाई आज नै वार्तामा बोलाएको थियो ।
शिक्षा मन्त्रालय स्रोतका अनुसार वार्ता तीन बजेपछि हुने छ । सरकारको तर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री पन्तले नै गर्ने छन् ।
‘सरकारको तर्फबाट वार्ता कमिटी बनेको छैन । मन्त्रीज्यूले नै वार्ताको नेतृत्व गर्नुहुनेछ,’ मन्त्रालय स्रोतले भन्यो ।
सरकारले वार्तामा बोलाएपछि शिक्षक महासंघका नेताहरू आन्तरिक छलफलमा जुटेका छन् । ‘नवनियुक्त मन्त्रीज्यूले बोलाउनु भएको छ । एकछिनमा हामी मन्त्रालयमा जान्छौं,’ महासंघको सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।
प्रतिक्रिया