काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भूकम्पबाट नभत्किने खालका संरचना निर्माण गर्नुपर्नेमा जोड दिएकाछन् ।
आज काठमाडौंमा गोरखा भूकम्पको १० औं स्मृति सभालाई सम्बोधन गर्दै उहाँले २०७२ सालको भूकम्पको क्षति नेपालको आर्थिक अवस्था, बजेट र क्षमताले पुनःनिर्माण भ्याउनसक्ने अवस्था नरहेको बताए ।
विपद्बाट क्षति नहुने खालका संरचनाहरु तयार गर्ने, भूकम्पबाट नभत्किने खालका घरहरु बनाउनुपर्ने आवश्यकता रहेको बताए । विपद्बाट संरचनाको क्षति हुन पर्खिने नभइ क्षति हुनै नदिने गरी आवश्यक काम गर्नुपर्नेमा जोड दिए ।
प्रतिक्रिया