अन्तर्राष्ट्रिय

भन्सार शुल्क रद्द गरे मात्रै अमेरिकासँग वार्ता हुने चीनको सन्देश


काठमाडौं—चीनले अमेरिकालाई एकतर्फी रूपमा लगाएको सबै भन्सार शुल्क रद्द गरेर मात्रै वार्तामा आउन आग्रह गरेको छ । चिनियाँ वाणिज्य मन्त्रालयका प्रवक्ता हे यादोङले नियमित पत्रकार सम्मेलनमा अमेरिका वार्ता गर्न चाहन्छ भने पहिले उसले लगाएका सबै भन्सार रद्द गर्नुपर्ने बताएका हुन्।यादोङले एकतर्फी भन्सारको सुरूवात अमेरिकाले गरेको र यसको अन्त्यका लागि उसैले पहल गर्नुपर्ने बताएका छन् ।

भन्सार रद्द नगरेसम्म वार्ता नहुने सन्देश चीनले दिएको छ ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार संकट समाधानबारे चीनसँग लगातार संवाद भइरहेको भन्दै आए पनि बेइजिङले त्यसलाई खण्डन गरेको छ। प्रवक्ता यादोङले चीन र अमेरिकाबीच भन्सार सम्बन्धी कुनै पनि वार्ता नभएको स्पष्ट पारेका छन् ।

गत फेब्रुअरीमा ट्रम्पले चिनियाँ आयातमा भन्सार वृद्धि गर्न थालेपछि दुई देशबीच जबाफी भन्सारको शृंखला नै चलेको थियो। अमेरिकाले अहिले चिनियाँ आयातामा भन्सार बढाएर १४५ प्रतिशत पु¥याएको छ भने चीनले अमेरिकी आयातमा १२५ प्रतिशत भन्सार लगाउँदै आएको छ।