Breaking

गोरखा भूकम्पको १० वर्ष पूरा,पौने चार खर्ब सकिँदा पुनर्निर्माण अझै सकिएन


काठमाडौं—बारपाक केन्द्रविन्दु भएर गएको विनाशकारी ‘गोरखा भूकम्प’को १० वर्ष पूरा भएको छ ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर ७ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पमा आठ हजार ९७० जनाको मृत्यु भएको थियो भने निजी र सरकारी गरी साढे आठ लाख भौतिक संरचना क्षतिग्रस्त भएका थिए ।तर, १० वर्षमा पौने चार खर्ब सकिँदा निजी घरदेखि सम्पदासम्म पुनर्निर्माण अझै सकिएका छैनन् ।

भूकम्पपछि पुनर्निर्माणको जिम्मा लिएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले तीन खर्ब ७१ अर्ब र सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइले जिम्मा लिएपछि पाँच अर्ब ४८ करोड ६५ लाख गरी कुल तीन खर्ब ७६ अर्ब ४८ करोड ६५ लाख खर्च भएको छ । भूकम्पले क्षति पु¥याएका सम्पदा पुनर्निर्माण आधा बाँकी रहेको छ ।