काठमाडौं—नेकपा एमालेबाट समानुपातिक सांसद बनेका रघुजी पन्तले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको शपथ लिएका छन् । निवर्तमान शिक्षा मन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि उनले मन्त्री बन्ने अवसर पाएका हुन् ।
शिक्षकहरूको आन्दोलन उत्कर्षमा रहेका बेला शिक्षा मन्त्री भएका पन्तको मुख्य चुनौती भनेकै आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गरेर नियमित काममा फर्काउनु हो ।
यसअघि पनि मन्त्री भइसकेकाले शिक्षा मन्त्रालयले एक अनुभवी मन्त्रीको रुपमा पन्तलाई पाएको छ ।
प्रतिक्रिया