Breaking

कश्मीरमा सुदीप यसरी मारिए, बुटवल नै शोकमा, घर पुग्दा जे देखियो, गाउँ भरि रोकिएन आँशु (भिडियो)


काठमाडौं—भारतको जम्मू–कश्मीरस्थित पहलगाम नजिकै बैसरण भ्यालीमा मंगलबार आतंकवादी आक्रमणमा परी मृत्यु भएका बुटवलका सुदीप न्यौपानेको बिहीवार त्रिवेणीधाममा अन्त्येष्टि गरिएको छ ।

बिहीवार बिहान भारतबाट शव बुटवल ल्याएपछि केहीबेर निवासमा राखेर आजै दाहसंस्कार गरिएको हो । बुधबार साँझ हवाई मार्गमार्फत श्रीनगरबाट दिल्ली हुँदै लखनउ ल्याइएको थियो ।

त्यहाँबाट सुदीपको शव एम्बुलेन्समार्फत नेपाल भारतको सीमा सुनौली हुँदै बिहीवार बिहान बुटवल ल्याइएको थियो ।