काठमाडौं—आजदेखि संघीय संसद्को बजेट अधिवेशन सुरु हुँदैछ । प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवै सदनको पहिलो बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ ।
संसदको हिउँदे अधिवेशन गत चैत १९ मा अन्त्य भएको थियो । विद्यालय शिक्षा ऐनको माग गरेर शिक्षकहरूले आन्दोलन जारी राखेपछि अधिवेशन आह्वान गरिएको हो ।
करिब एक महिनादेखि सडकमा उत्रिएका शिक्षकलाई विश्वासमा लिन सरकारले अधिवेशन अघि सारेको हो । साथै, अधिवेशनको सुरुआतीमै विधेयक पारित गर्ने निर्णय पनि गरेको छ ।
बजेट अधिवेशनको पहिलो दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने तय भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लो समसामयिक विषयमा सम्बोधन गर्ने एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए ।
प्रतिक्रिया