Breaking

सरकारको आयुबारे भएको हल्लाको पछि नलाग्न प्रधानमन्त्रीको आग्रह


काठमाडौं— एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको आयुबारे भएको हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । लोकतन्त्र दिवसको अवसरमा विहीबार भृकुटीमण्डपमा पार्टीद्वारा आयोजित युथ सेलिब्रेसनमा उनले स्थायित्वका लागि कांग्रेससँग मिलेर अघि बढेको बताए ।

मिसन ८४ एमालेलाई राष्ट्रिय शक्ति बनाउने चुनाव भएको ओलीले जिकिर गरे । आज युवालाई भड्काउने अनेक प्रयास भइरहेको भन्दै उनले केही मानिसहरूलाई सामाजिक सञ्जालमा प्रयोग गरेर देशभरका मानिसलाई भड्काउने प्रयास भएकाले सचेत हुन आग्रह गरे ।