अन्तर्राष्ट्रिय

युक्रेनीको राजधानी कीभमा रुसी आक्रमण


काठमाडौं—रुसीले युक्रेनीको राजधानी कीभमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको छ । पछिल्लो आक्रमणमा कम्तिमा नौ जनाको मृत्यु भएको बताइएको छ भने ७७जना घाइते भएका छन् । जुलाईदेखि युक्रेनी राजधानी लगायत अन्य भागहरूमा भएका आक्रमणहरूमा ११ ब्यालिस्टिक क्षेप्यास्त्र, ५५ क्रूज क्षेप्यास्त्र र १४५ ड्रोनहरू प्रहार भएको उल्लेख गरीएको छ ।

यसैबीच युक्रेनका राष्ट्रपति भोलोदीमिर जेलेन्स्कीले आफनो दक्षिण अफ्रिकाको भ्रमणरद्द गरेको बताएका छन् ।यद्यपिउनले अझै पनि राष्ट्रपति रामाफोसालाई भेट्ने तय भएको बताए । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शान्ति वार्ताप्रति जेलेन्स्कीको दृष्टिकोणको आलोचना गरेका थिए।