Breaking

शेरबहादुर देउवा फर्किएपछि नयाँ गठबन्धन बनाउने विषयमा छलफल गर्ने प्रचण्डको तयारी


काठमाडौं—प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा स्वदेश फर्किएपछि नयाँ गठबन्धन बनाउने विषयमा छलफल गर्ने तयारी गरेको छ । बिहीबार संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवा फर्किएपछि संवाद सुरु गर्ने ब्रिफिङ गरेको एक सांसदले जानकारी दिए ।

देउवा स्वास्थ उपचारका लागि वैशाख ७ गते स–परिवार थाइल्यान्ड गएका छन् । यसअघि सिंगापुरमा उपचार गराएका देउवा फलोअपका लागि भन्दै बैंकक गएपछि पार्टीका नेताले नै बैठकमा प्रश्न उठाएका थिए ।

प्रचण्डले उनी फर्किएपछि संवाद सुरु गर्ने बताएका हुन् । प्रचण्डले सरकार शिक्षकको मागबारे अनुदार देखिएको टिप्पणी गरेका छन् । सरकार उदासीन देखिए प्रतिपक्षीसँग मिलेर सदनमा प्रस्ताव अघि सार्नुपर्ने अवस्था आउने बताएका छन् । शिक्षा ऐन जारी गर्नुपर्ने लगायतका विभिन्न माग राखेर शिक्षकहरु आन्दोलनमा छन् ।