Breaking

जम्मु कश्मीरमा हत्या गरिएका सुदीपको त्रिवेणीमा अन्त्येष्टि


 भारतको जम्मु कश्मीरमा घुम्ने क्रममा आतंकवादी हमलामा मारिएका बुटवलका सुदीप न्यौपाको अन्त्येष्टि त्रिवेणीमा गरिने भएको छ ।

उनका आफन्तका अनुसार पश्चिम नवलपरासीसँग सीमा जोडिएको त्रिवेणीमा आजै अन्त्येष्टि गर्न लागिएको हो ।

मंगलबार दिउँसो बन्दुकधारी आतंकवादीले सुदीपको गोली हानेर हत्या गरेका थिए । उनको शव आज बिहान घर ल्याइएको हो ।

२७ वर्षीय सुदिप आमा रिमाकला, बहिनी सुष्मा र ज्वाइँ युवराज काफ्लेसहित शनिबार बुटवलबाट कश्मीरको मिनी स्वीजल्याण्डसमेत भनिने वैसरण उपत्यकामा हिउ खेल्ने र घुम्ने उद्देश्यले त्यसतर्फ प्रस्थान गरेका थिए ।

त्यहाँ पुगेर घुमफिरमा रमाइरहेका बेला मंगलबार दिउँसो एक्कासी बन्दुकधारी आतंकवादीले गोली हानेर सुदीपको ज्यान लिएका थिए । सुदिपसँगै गएकी आमा रिमाकला, बहिनी र ज्वाइँले भागेर ज्यान जोगाएका थिए ।