तीनकुने घटनाका मुख्य कमान्डर दुर्गा प्रसाईंमाथि प्रहरीले विभिन्न पाँच मुद्दा चलाउने तयारी गरेको छ । सम्पत्ति शुद्धीकरणमा समेत सीआईबीले अनुसन्धान थालेको छ । जसले प्रसार्इंको अब हिरासत बसाइँथप लम्बिने देखिन्छ । तेस्रो पटक प्रहरी हिरासतमा परेका प्रसाईं यसपटक भने लामै समय थुनिने सम्भावना छ ।
आफूलार्ई गरिबको मसिहा ठान्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईं आफ्नै अराजक हर्कत र आलोकाचोपनले प्रहरी हिरासतमा जाकिएका छन् । राजसंस्था पुनस्र्थापनाको माग गर्दै गत चैत १५ गते तीनकुनेमा अराजक प्रदर्शन गरेको कसुरमा उनीविगत १४ दिनदेखि प्रहरी हिरासतमा छन् ।प्रहरीले प्रसाईंविरुद्ध विभिन्न ५ वटा मुद्दा चलाउने तयारी गरेको छ । प्रहरी हिरासतमा बिन्दास रुपमा बसेका प्रसाईंलाई परिवारका सदस्य र छिटफुट रुपमा आफन्त बाहेक कसैले पनि भेट्ननजाने गरेको पाइएको छ । उनलाई छुटाउन पनि कसैले पहल गरेको देखिँदैन । पूर्वराजा ज्ञानेन्द्र शाहलाई जुरुक्क बोकेर नारायणहिटी छिराउने कसम खाएका प्रसाईंलाई उनै राजाले यो अप्ठ्यारो अवस्थामा साथ दिएका छैनन् ।
उल्टै आफूले प्रसाईंलाई कमान्डर नबनाएको भन्दै पन्छिने गरेका छन् । तीनकुनेमा भएको एउटै घटनामा पक्राउ परेका धवल शमशेर जबरा छुट्दै गर्दा रवीन्द्र मिश्रको रिहाइका लागि संघर्ष गर्न नेता कार्यकतालाई आह्वान गरे तर प्रसाईंको नामसमेत लिएनन् । यसले प्रसाईं हाल निरीह र बेसहारा बनेका छन् । हिजो जसका लागि ज्यानको बाजी लगाए आज उनैले उनलाई साथ नदिँदा उनी एक्लिएका छन् । फलतः प्रसाईंको यो तेस्रो पटकको हिरासत बसाइँउनलाई महंगो पर्ने देखिन्छ । कम्बोडिया काण्डमा सहज रुपमा छुटेका प्रसाईं तीनकुने प्रकरणमा भने लामै समय थुनिने निश्चित छ । यता सरकारले तीनकुने घटनामा अराजक गतिविधि गर्नेलाई हदैसम्मको कारबाही गर्ने बताउँदै आएको छ । सरकारको सक्रियतालाई हेर्ने हो भने पनिनिर्मम रुपमै प्रस्तुत भइरहेको प्रष्ट हुन्छ । अराजक रुपमा आन्दोलन गर्ने जो कोहीलाई नछोड्ने मन्त्री र प्रधानमन्त्री स्वयंले बताउँदै आएका छन् ।
प्रसाईंविरुद्ध यही मौकामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अवैध आर्थिक कारोबार सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) मा पनि अनुसन्धान थालेको छ । प्रसाईं सम्बद्ध कम्पनी तथा उनी नजिकका व्यक्तिको खातामा अस्वभाविकरूपमा भित्रिएको रकमका बारेमा सीआईबीले अनुसन्धानथालेको एक अधिकारीले जानकारी दिए ।ती अधिकारीका अनुसार प्रसाईं, उनका आफन्त र उनी सम्बद्ध कम्पनीको कारोबार शंकास्पद देखिएको छ । प्रसाईंले विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट अर्बौं रुपैयाँ ऋण लिएर नतिरी विभिन्न बहानामा आलटाल गर्दै आएको आरोप छ ।
सीआईबीले मुख्यतः प्रसाईंविरुद्ध बैंकिङ कसुर र सम्पत्ति शुद्धीकरण कसुर अन्तर्गत मुद्दामा अनुसन्धान थालेको छ ।त्यसबाहेक प्रहरीले थप पाँचवटा कसुरसमेत आकर्षित हुने भन्दै अनुसन्धान थालेको छ । उनीमाथि ज्यान मार्ने उद्योग, आगजनी तथा सामाजिक उपद्रव, राज्यविरुद्धको कसुर र संगठित अपराध तथा कर्तव्य ज्यान मुद्दामासमेत अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।प्रसाईंमाथि संगठित अपराधमा मुद्दा चलाइएको कारण प्रहरीले ६० दिन थुनामा राखेर अनुुसन्धान गर्न मिल्ने कानुनी व्यवस्था छ ।प्रसाईं जस्तै पछिल्लो समय राजा राजा भनेर कुर्लिने अर्का एक जनाअधिवक्ता स्वागत नेपाल पनि तीनकुने घटनामा पक्राउ खाएर सोधपुछ पश्चात छुटेका थिए । त्यसपछि खुलेर बाहिर नदेखिने र संयम ढंगले बोल्नथालेका छन् । उनी आफैँ अधिवक्ता भए पनि हिरासतमा रहेका प्रसाईंको बारेमाभन्दा बढी चासो र चिन्ता पूर्वराजाको लिएको देखिन्छ ।
आफ्नो बोलीमा अडिक रहेका दुर्गा प्रसाईंले प्रहरीको प्रारम्भिक बयानमा जसरी पनि राजसंस्था पुनस्र्थापना गरी छाड्ने दाबी गरेका छन् । उनले प्रदर्शनमा अराजकता मच्चाउने र मान्छे मार्ने नियत आफूहरुको नभएको इन्कारी बयान दिए पनि आफ्नो कार्यक्रम सञ्चालन हुनुपूर्व नै प्रहरीले स्टेजमा अश्रुग्यास प्रहार गरेपछि भने सहन नसकेको जिकिर गरेका छन् ।उनले प्रहरी बयानमा भनेका छन्, ‘प्रहरी दाजुभाइ मार्ने उद्देश्यले गाडी त्यसरी चलाउने मेरो कुनै योजना होइन । तर, स्टेजमै अश्रुग्यास हानेपछि भने असैह्य भयो । भित्रबाट नै रिस उठ्यो, अनि गाडी त्यसरी हुँइकाएको हुँ । तर, मैले राजा त ल्याएरै छोड्छु । बरु मेरो सबै सम्पत्ति नै सकियोस् । म यो आन्दोलन रोक्नेवाला छैन ।’हिरासतमा समेत दुर्गामा कुनै हिनताबोध र डरको भावना नरहेको प्रहरी कर्मचारी बताउँछन् ।राप्रपा लगायत राजावादीहरु राजसंस्था पुनर्वहालीको माग गर्दैै निरन्तर सडक संघर्षमा रहे पनि गणतन्त्रवादीहरुले भने त्यो सम्भव नहुने तर्क गर्दै आएका छन् । त्यसको अग्रपंक्ति रहेर प्रतिवाद गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओली बारम्बार राजतन्त्र पक्षधरहरुमाथि खनिने गरेका छन् । उनले सडकमा केही सय मान्छे लिएर राजा नआउने तर्क गरेका छन् ।
राजा फर्काउने तीनकुने आन्दोलनमा अराजकता मच्चाउको आरोपमा हालसम्म प्रहरीले ८५ जनालाई पक्राउ गरेर अदालतबाट म्याद लिई अनुसन्धान गरेको छ । जसमा २१ जनालाई हाजिरी जमानीमा हिरासतमुक्त गरिएको छ भने अझै ६४ जना जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौंको हिरासतमा छन् । १३ जनालाई बुधबार हाजिरी जमानीमा रिहा गरिएको हो भने यसअघि ८ जनालाई हिरासतमुक्त गरिएको थियो । यसरी रिहा हुनेमा धवलशमशेर जबरा पनि पर्छन् । प्रहरीले प्रकाउ परेकाहरुको भूमिका हेरेर राज्यविरुद्धको कसुर, संगठित अपराध र ज्यान मार्ने उद्योग तथा कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया