Breaking

जम्मू–कश्मिर आक्रमणमा ज्यान गुमाउने बुटवलका सुदीप न्यौपाने रहेको पुष्टि


काठमाडौं । कश्मीर आक्रमणमा ज्यान गुमाएका सुदीप न्यौपानेको नेपाल ठेगाना बुटवल उपमहानगरपालिका–१४ रहेको खुलेको छ ।
उपमहानगरका प्रवक्ता शिव रानाका न्यौपाने वडा नम्बर १४ का वडाध्यक्ष दधिराम न्यौपानेका भतिज पर्छन् । सुदीप गत शनिबारमात्रै घुम्न भनेर घरबाट निस्किएका थिए ।

यता, भारतको जम्मु कश्मीरमा भएको आतंकवादी हमलाको नेपाल सरकारले निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी पर्यटकमाथि भएको हमलाको कडा शब्दमा निन्दा गर्दै शोकसन्तप्त परिवारहरूप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

नेपालले दुःखको घडीमा भारत सरकार र भारतीय जनतासँग दृढ ऐक्यबद्धता जनाएको छ । नेपालले सबै प्रकारका आतंकावादको निन्दा गर्ने विज्ञप्तिमा उल्लेख छ । यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जालमार्फत आक्रमणको निन्दा र भत्र्सना गरेकाछन् ।