अर्थनीति

सुनको मूल्यमा गिरावट : तोलामा कति घट्यो ?


काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य तोलामा साढे ७ हजार रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा १ लाख ९७ हजार ९ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य आज घटेर तोलामा १ लाख ९० हजार ४ सय रुपैयाँ कायम भएको हो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य ५ रुपैयाँ घटेर १ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।