देश

जम्मू–कश्मिरको आतंकवादी हमलाको नेपाल सरकारद्धारा निन्दा


काठमाडौं । भारतको जम्मु कश्मीरमा भएको आतंकवादी हमलाको नेपाल सरकारले निन्दा गरेको छ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरी पर्यटकमाथि भएको हमलाको कडा शब्दमा निन्दा गर्दै शोकसन्तप्त परिवारहरूप्रति समवेदना तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

नेपालले दुःखको घडीमा भारत सरकार र भारतीय जनतासँग दृढ ऐक्यबद्धता जनाएको छ । नेपालले सबै प्रकारका आतंकावादको निन्दा गर्ने विज्ञप्तिमा उल्लेख छ ।

यसैबीच, राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीले सामाजिक सञ्जालमार्फत आक्रमणको निन्दा र भत्र्सना गरेकाछन् ।