Breaking

ओली र शिक्षक टसल बढ्यो,१२ को परीक्षासमेत सारियो, चाबी बोकेर कर्मचारी सडकमा (भिडियो)


काठमाडौ । विद्यालय शिक्षा ऐनको माग गर्दै विगत २१ दिनदेखि सडक आन्दोलनमा रहेका शिक्षकहरूले सरकारले आफ्ना मागलाई सम्बोधन नगरे थप सशक्त रुपमा आन्दोलन चर्काउने चेतावनी दिएका छन् । काठमाडौंको माइतीघर बानेश्वर सडकखण्डमा शान्तिपूर्ण आन्दोलन गरिरहेका शिक्षक कर्मचारीहरु सोमबार शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि थप आक्रोशित बनेका छन् ।

सरकारले आफ्ना मागहरु सम्बोधन गर्नेभन्दा पनि झनै राजनीतिक रंग दिएर आन्दोलनलाई दबाउन खोजेको उनीहरुको आरोप छ । शिक्षा मन्त्री शिक्षकहरुको मागमा सकारात्मक भएको तर प्रधानमन्त्री केपी शर्मा ओलीको असहयोगका कारण राजीनामा दिनु परेको उनीहरुले आरोप लगाएका छन् । उनीहरुले प्रधानमन्त्री ओलीले माग पूरा गर्न नसके नैतिक रुपमा राजीनामा दिनु पर्ने माग गरेका छन् ।

तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षकहरु सरकारले आगामी अधिवेशनबाट जारी गर्ने प्रतिबद्धता जनाउँदा पनि विश्वस्त हुन सकेका छैनन् । विगतमा सरकारले सम्झौता गर्ने तर पूरा नगर्ने गरेकाले यसपटक शिक्षा ऐन जारी नगरेसम्म विद्यालय नफर्किने अडानमा छन् । सरकारले शिक्षा विधेयक जारी गरेकै दिन आफूहरु आन्दोलन छोडेर फर्किने उनीहरुको भनाइ छ ।


सरकारले आगामी बजेट अधिवेशन वैशाख १२ गते बोलाएको छ । शिक्षा विधेयक जारी गर्न र शिक्षकहरुका माग पूरा गर्नका लागि अधिवेशन बोलाइएको सरकारले स्पष्ट पारेको छ । यता, शिक्षकको आन्दोलनका कारण नयाँ शैक्षिक सत्र प्रभावित भएको छ । सरकार र शिक्षकबीचको तनावले ५५ लाख बालबालिकाको भविष्यमाथि खेलबाड भइरहेको छ ।

बाकि भिडियोसहित