काठमाडौ । केपी शर्मा ओलीको क्याप्चरमा परे के सम्म हुन्छ भन्ने पछिल्लो उदाहरण शिक्षामन्त्री विद्या भट्टराई बनेकी छन् । ओलीको स्वार्थअनुसार काम नगर्दा राजीनामा दिनुप¥यो । यहाँ मन्त्रालय मन्त्रीले चलाउँदैनन् । प्रहरीका संगठनहरु प्रमुखले चलाउँदैनन् । कर्मचारी सुझबुझले चल्दैनन् । सबै ठाउँमा प्रधानमन्त्रीको हुकुम चल्छ । अनि हुकुम गर्ने प्रधानमन्त्री चाहिँ संयन्त्रबाट चल्छन् ।
सुशासनको कुर्बानी दिएर आफ्नै नेतृत्वमा उच्चस्तरीय सुशासन आयोगको गठन गर्ने निर्णय अर्को लाचारीको हद हो । ओलीको इसारामा मन्त्री चले कसरी पुरस्कृत गरिन्छ र उनको इसारामा नचले कसरी कारवाही हुन्छ भन्ने बुझ्नका लागि दीपक खड्का, विद्या भट्टराईलाई मात्र हेरे पुग्छ । खड्काले बिचौलियाका पक्षमा काम गर्दा पुरस्कार पाए । भट्टराईले जनताका पक्षमा काम गर्दा दण्ड पाइन् । ओलीले काम गर्न नदिएको भन्दै यस्ता प्रवृत्तिबारे कांग्रेसमा प्रश्न नै उठेको थियो ।
महामन्त्री विश्वप्रकाश शर्माले त कांग्रेसका मन्त्रीले काम नगरेको भन्ने लागेको भए एमालेबाटै अनुकूल टिम बनाउनसम्म सुझाव दिए । तर, ओलीको दबाबमा काम गर्न नसकेकै कारण राजीनामा दिने सुरुवात एमालेकै मन्त्रीबाट भएको छ । केन्द्रमा २५ जना मन्त्री छन् । तर, उनीहरु नाम मात्रका हुन् । काम सबै ओलीको इन्ट्रेस्टमा हुन्छ । त्यसका केही उदाहरण देखाउदैछौँ ।
अहिले शिक्षकले कानुन माग्दा टाउको दुखिरहेको छ । ओलीले हरेक वार्तामा शिक्षामन्त्रीलाई बाइपास गरेका छन् । आन्दोलन रोक्न मध्यमार्गी सात बुँदे प्रस्ताव मन्त्रिपरिषद्मा लैजान तयार पारेकी थिइन् । उपहारस्वरुप दबाब सहन नसकेपछि बिरामी भएको भन्दै राजीनामा दिनुप¥यो ।
मन्त्रिपरिषद्मा हस्तक्षेपको सिकार बनेका अर्का मन्त्री हुन् रमेश लेखक । अधिवक्तासमेत रहेका लेखकको नियतमा खोट छैन भन्नेमा धेरै विश्वस्त छन् । स्रोतका अनुसार लेखक कारबाहीको हतारोभन्दा बढी मुद्दालाई न्यायिक निरुपणमा ध्यान दिन्छन् । तर, झ्याप्प ओलीको इन्ट्री हुन्छ । गृहमन्त्री स्वयं ओलीको पेलानले हैरान भएको स्रोत बताउँछ । राजावादी आन्दोलनदेखि थुनुवाको मुख थुन्न दिएका निर्देशनले लेखकको मनमा चिसो पसाएको छ ।
बाकि भिडियोसहित
प्रतिक्रिया