Breaking

कक्षा १२ को नयाँ तालिका आज सार्वजनिक हुँदै


काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ पूर्वनिर्धाति परीक्षा सारेर वैशाख २१ गतेदेखि गर्ने निर्णय गरेको छ ।

मंगलबार साँझ बसेको बोर्डको बैठकले बैशाख ११ गतेदेखि तय भएको परीक्षा स्थगित गर्दै नयाँ मिति तोकेको हो । परीक्षाको नयाँ तालिका भने बुधबार मात्रै सार्वजनिक गर्ने बोर्डले जनाएको छ । विगत तीन हप्तादेखि शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलन जारी राख्दै अध्यापनमा सरिक नभएपछि परीक्षा प्रभावित बन्न पुगेको हो ।

यसअघि शिक्षकहरुले परीक्षामा सामेल नहुने जनाएपछि निजामती कर्मचारीहरुलाई खटाएर परीक्षा सञ्चालन गर्ने अडानमा बोर्ड थियो । तर कर्मचारी ट्रेड युनियनले पनि शिक्षकका माग पूरा गरेर उनीहरुलाई नै परीक्षामा सामेल गराउनुपर्ने भन्दै विरोध जनाएपछि सरकार परीक्षा सार्न बाध्य भएको हो ।

यता, विद्यालय शिक्षा ऐनको माग गर्दै तीन सातादेखि निरन्तर शिक्षकहरु काठमाडौंका सडकमा आन्दोलित बन्दा नयाँ शैक्षिक सत्र प्रभावित बनेको छ । शिक्षकहरूले आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।