काठमाडौं—प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो असहयोगबाट शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएको भन्दै समाचार आएकोप्रति आपत्ति जनाएका छन् । नेकपा स्थापनाको ७६ औं वर्ष प्रवेशको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् ।
शिक्षामन्त्री भट्टराईले केही समयअघिमात्रै अप्रेसन गरेको भन्दै शिक्षा मन्त्रालय ठूलो मन्त्रालय नभए पनि काम गर्न सजिलो पनि नभएको बताए । प्रधानमन्त्रीले असहयोग गरेर, मतभेदबाट भनेर लेखेको भन्दै उनले आपत्ति जनाएका छन् ।
प्रतिक्रिया