काठमाडौं—राजसंस्था पुनस्र्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक नवराज सुवेदीमाथिको जारी ‘नजरबन्द’ हटेको छ । चैत १५ मा तीनकुनेमा व्यवस्था विरोधी समूह राजावादीले गरेको प्रदर्शन हिंसात्मक बनेसँगै सुवेदी घरमै नजरबन्दमा परेका थिए ।
तर आजदेखि आफूमाथिको प्रहरी निगरानी हटेको सुवेदीले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । यससँगै आफू समितिको काममा फर्किएको उनको विज्ञप्तिमा उल्लेख छ ।
उनले यसबीचमा आफूलाई सद्भाव र सहानुभूति राख्ने सबैप्रति आभार व्यक्त गरेका छन् । सुवेदी घरबाहिर निस्कन नपाइने भएपनि समितिको कार्यवाहक संयोजकको जिम्मेवारी जगमान गुरुङले पाएका थिए ।
प्रतिक्रिया