राजनीति

रवि लामिछानेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्चको संयुक्त इजलासमा सुनुवाइ हुने

योहो संवाददाता

काठमाडौं—राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै परेको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिट सर्वोच्चको संयुक्त इजलासमा सुनुवाइ हुने भएको छ । सर्वोच्चका न्यायाधीश अब्दुल अजिज मुसलमानको मंगलबारको एकल इजलासले प्रारम्भिक सुनुवाई पछि उक्त रिट संयुक्त इजलासमा पठाउने आदेश गरेको हो ।

रुपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गत २२ चैतमा उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा राखी पुर्पक्ष गर्नु भन्ने आदेश गरेको थियो । त्यसयता रवि भैरहवा कारागारमा छन् ।

सोही आदेश खारेजको माग गर्दै उनकी पत्नी निकिता पौडेलले आइतबार रविलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबीसहित सर्वोच्चअ दालतमा बन्दीप्रत्यक्षीकरणको रिट हालेकी थिइन् ।