कक्षा–१२ को परीक्षा नसर्ने भएको छ । यही वैशाख ११ गतेदेखि परीक्षा मिति तय छ । आज (वैशाख ९) बिहान बसेको राष्ट्रिय परीक्षा बोर्ड बैठकबाट पूर्वनिर्धारित मितिमा परीक्षा गराउने निर्णय गरिएको हो ।
शिक्षक आन्दोलनका कारण परीक्षा गर्न सकिने/नसकिने भन्ने विषयमा छलफल गर्न बैठक बोलाइएको थियो । नेपाल शिक्षक महासंघले तीन हप्तादेखि काठमाडौंकेन्द्रित आन्दोलन गर्दै आएको छ
महासंघले कक्षा–१२ को परीक्षाका कुनै पनि कार्यक्रममा सहभागी नहुन शिक्षक तथा विद्यालय कर्मचारीहरूलाई आग्रह गर्दै आएको छ ।
प्रतिक्रिया