राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा प्रतिनिधिसभा सदस्य डा. स्वर्णिम वाग्लेसहितका नेताहरुले रुपन्देही कारागारमा रहेका सभापति रवि लामिछानेलाई भेटेका छन् ।
सोमबार सो पार्टीका नेतासमेत रहेका व्यवसायी अर्जुन अधिकारीले स्थापना गरेको हक्काइडो नेपाल सेन्टरले आयोजना गरेको लुम्बिनी उद्यमी गोष्ठीमा आएका वाग्लेसहितका नेताहरुले सभापति लामिछानेलाई भेटेर पछिल्लो अवस्थाबारे जानकारी लिएको नेता गणेश पौडेलले बताए ।
वाग्लेसहित मनिष झा, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, अनिलकेशरी शाहसहितका नेताहरुले लामिछानेलाई भेटर फर्केका हुन् ।
बुटवलको सुप्रिम सहकारी प्रकरणमा अदालतमा रहेको मुद्दामा उच्च अदालत तुलसीपुर बुटवलको आदेशमा लामिछाने पुर्पक्षका लागि थुनामा छन् ।
प्रतिक्रिया