१५ चैतमा तीनकुने क्षेत्रमा भएको आगजनी र तोडफोडको घटनामा संलग्न रहेको आरोपमा थप एकजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहराका अनुसार पक्राउ पर्नेमा ४८ वर्षीय ओमप्रकाश लुइँटेल छन् ।
झापाको अर्जुनधारा नगरपालिका–५ घर भएका लुइँटेल निजी तथा सार्वजनिक सम्पत्ति माथि तोडफोड तथा आगजनी लगायतका आपराधिक कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन् ।
प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतबाट चार दिनको मिलान म्याद लिई अनुसन्धान अगाडि बढाएको छ ।

प्रतिक्रिया