Breaking

सहमति नजिक निजामती विधेयक


 संघीय निजामती सेवा विधेयकमाथि संसदीय समितिले करिब सहमति जुटाएको छ ।

प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाका अनुसार विधेयक सहमति नजिक पुगेको छ । अब बस्ने अर्को बैठकबाट निजामती विधेयक पारित गर्ने राज्य व्यवस्था समितिको तयारी छ ।

‘प्रधानमन्त्रीसँग समन्वय गर्छु । विपक्षी दलका नेता प्रचण्डसँग पनि कुरा भएको छ । उहाँ ११ गते काठमाडौं बाहिर हुने भएकाले १० गते बैठक राख्ने निधो गरिएको छ,’ खतिवडाले भने ।

अर्थात् राज्य व्यवस्था तथा सुशासन समितिले प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको उपस्थितिमा निजामती विधेयक टुंग्याउन लागेको हो ।