Breaking

काठमाडौं महानगरका एसपीसहित ६ नगरप्रहरी र एक वडा सदस्यविरुद्ध उजुरी


 काठमाडौं महानगरपालिकाका नगरप्रहरी उपरीक्षक (एसपी) दिनेश अर्याल र उनी नेतृत्वको कमान्डमा खटिएका पाँच जनाविरुद्ध प्रहरीमा उजुरी परेको छ । उजुरीमा वडासदस्य हिरादेवी पोखरेललाई समेत विपक्षी बनाइएको छ ।

सर्लाहीको रामनगर–१, स्थायी घर भएर काठमाडौं महानगरपालिका–३२ मा बस्दै आएका होसनारायण रायले आइतबार उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी दिएका हुन् ।

यही वैशाख ४ गते नगरप्रहरीले वडा नम्बर ३२, च्यासलस्थित कबाड संकलन केन्द्रमा डोजर चलाएको थियो । सो क्रममा महानगरको डोजर तोडफोड पनि भएको थियो ।

एसपी अर्यालसहित उनी नेतृत्वको कमान्ड र स्थानीय वडासदस्य पोखरेलले ज्यान मार्ने नियतले डोजर चलाएको रायको आरोप छ ।