Breaking

निकिताले दायर गरेको रविको बन्दी प्रत्यक्षीकरण रिट ‘हेर्न नमिल्ने’मा


काठमाडौं – गैरकानुनी थुनामा राखिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवम पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिट हेर्न नमिल्ने भएको छ ।

रिट निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश हरिप्रसाद फुयाँलको इजलासमा पेसी तोकिएकोमा हेर्न नमिल्नेमा राखिएको हो ।

लामिछानेपत्नी निकिता पौडेलले आइतबार सर्वोच्च अदालतमा रविको तर्फबाट बन्दी प्रत्यक्षीकरण रिट दायर गरेकी थिइन् । सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले एक करोड धरौटीमा रिहा गरेको थियो ।