काठमाडौं—इजरायली सेनाले गत महिना गाजामा आपतकालीन सेवामा कार्यरत चिकित्सकसहित १४ स्वास्थ्यकर्मीको मृत्यु ‘बुझाइको त्रुटि’ का कारण भएको जनाएको छ । यस घटनाको अनुसन्धानका क्रममा इजरायली सेनाले थुप्रै कमजोरीहरू फेला पारेको जनाएको छ ।
सेनाको प्रतिवेदनमा सम्बन्धित युनिटका कमाण्डरलाई ‘सोधपुछका क्रममा अधुरो र गलत रिपोर्ट दिएको’ पत्ता लागेपछि बर्खास्त गरिएको उल्लेख छ । गत मार्च२३ मा प्यालेस्टिनी रेड क्रिसेन्ट सोसाइटीको एम्बुलेन्स, संयुक्त राष्ट्रसंघको एउटा सवारीसाधन र एउटा दमकलमा इजरायली सेनाले गोली चलाएको थियो ।
सो घटनामा आपतकालीन सेवामा कार्यरत १४ जना कर्मचारीहरू र संयुक्त राष्ट्रसंघका एक कर्मचारीको मृत्यु भएको थियो ।सो घटनाको पूर्ण जानकारी मृतक एक स्वास्थ्यकर्मीको मोबाइल फोनमा रेकर्ड भएको भिडियो फुटेजबाट पत्ता लागेको थियो ।
प्रतिक्रिया