काठमाडौं—न्यायाधीश नियुक्तिका लागि न्याय परिषद् बैठक आज पनि बस्दैछ। आइतबार निष्कर्ष ननस्किएका कारण आज फेरि बैठक बोलाइएको हो । आइतबार अपराह्न ५ बजेदेखि प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा बसेको बैठक करिब दुई घण्टा चलेका थियो ।
नेपाल बार एसोसियसनमा नयाँ नेतृत्व आएसँगै न्यायाधीश नियुक्तिका लागि प्रधानन्यायाधीश सक्रिय हुनुभएको छ । हाल देशभर जिल्ला, उच्च र सर्वोच्च अदालतमा ३३ न्यायाधीश रिक्त छन्।
प्रधानन्यायाधीश राउत अध्यक्ष रहेको परिषदमा सदस्यहरू कानूनमन्त्री अजयकुमार चौरासिया, वरिष्ठतम् न्यायाधीश सपना मल्ल प्रधान र वरिष्ठ अधिवक्ताहरू रामप्रसाद भण्डारी, दामोदर खड्का तथा सदस्यसचिव यमबहादुर बुढा मगर हुनुहुन्छ ।
प्रतिक्रिया