काठमाडौं—कालीकोटमा ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्लाको पलाँता–९ थिर्पुबाट खाद्यान्न बोकेर खिनतर्फ जाँदै गरेको ट्याक्टर पलाँता–२ लार्फा गाउँ नजिक दुर्घटनामा परेको हो।
दुर्घटना राति ११ बजे भएको प्रहरीले जनाएको छ। दुर्घटनामा पलाँता ५ का ३२ वर्षीया अम्मा शाही, पलाँता ४ का ३८ वर्षीय सदु वुढा, २३ वर्षीय रवीन्द्र बिक र चालक खत्याड गाउँपालिका ५ मुगुका चन्द्रप्रकाश रोकायाको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर भिरबाट खसेकाले थप विवरण संकलन भइरहेको कालीकोट प्रहरीले जनाएको छ।
प्रतिक्रिया