अन्तर्राष्ट्रिय

अमेरिकामा ट्रम्प विरोधी आन्दोलन चर्कियो, ५० राज्यमै प्रदर्शन, टेस्लालाई पनि छोडेनन्, कर नीति कारण(भिडियो)


काठमाडौं—अमेरिकाका सबै राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति विरुद्ध हजारौं प्रदर्शनकारीहरू सडकमा उत्रिएका छन् । भन्सार शुल्क वृद्धि सम्बन्धी नीति र सरकारी जागिरबाट गरिएको कटौतीको विरोधमा शनिबार ५० वटै राज्यमा ट्रम्पविरुद्ध प्रदर्शन भएको हो ।

एउटै मुद्दा बोकेर ५० राज्यमा ५० प्रदर्शन गरिदा यसलाई ‘५०५०१’ नामाङ्ककरण गरेको छ । ट्रम्पमाथि नागरिक स्वतन्त्रता र कानुनी शासनमाथि कुल्चिएको, आप्रवासन नीति, सङ्घीय जागिर कटौती, आर्थिक सङ्कट लगायत विषयमा गम्भीर आरोप लगाउँदै प्रदर्शनकारीहरूले राष्ट्रपति निवास ह्वाइट हाउसलाई घेरेका हुन् ।

ट्रम्पले लगाएको करका कारण अमेरिकामा अन्य देशहरूबाट आउने वस्तुहरूको मूल्य बढ्दा त्यसको सिधा असर नागरिकको दैनिकीमा परेको छ ।