काठमाडौं—यस वर्षको शैक्षिक सत्र सुरु भएर संस्थागत निजी विद्यालयहरूले पठनपाठन सञ्चालन गरिसक्दा सामुदायिक विद्यालयहरूको कक्षा कोठा भने खाली नै छन् । सामुदायिक विद्यालयमा कुर्सी टेबल लगायतका शैक्षिक सामग्री भए पनि न पढ्ने विद्यार्थी छन् न त पढाउने मास्टर नै ।
विद्यालय शिक्षा ऐन जारी हुनु पर्ने माग गर्दै मास्टरहरू १९ दिनदेखि कक्षा कोठा छोडेर सडक प्रदर्शनमा उत्रिएपछि सामुदायिक विद्यालयको यो हविगत भएको हो । सरकार र शिक्षकको जुँगाको लडाइँले भर्ना अभियान नै प्रभावित हुँदा त्यसको भरपुर फाइदा निजी विद्यालयहरूले उठाइरहेका छन् ।
त्यसै त विद्यार्थी पाउन समस्या व्यहोर्दै आएका सामुदायिक विद्यालय खाली हुँदा निजी विद्यालयमा विद्यार्थीको ओइरो लागेको छ । शिक्षकका माग पूरा गर्न सरकारले आलटाल गर्दा झनै समस्या विकराल बन्दै गएको छ ।
प्रतिक्रिया