राजनीति

लिङ्देनको चलाखी : सिंहदरबारभित्रै आन्दोलन छिर्‍यो, छुटेपछि गर्जिए, स्वागत र जगमान कता हराए ?(भिडियो)


पूर्वराजाले भेटेको भोलिपल्ट दुर्गा प्रसाईंले तीनकुनेमा चैत १५ गते वितण्डा मच्चाए । उनी हिरासत पुगेपछि राप्रपाका सात भाइलाई बोलाएको तेस्रो दिन उसले बानेश्वरमा वितण्डा मच्चाउने योजनासहित निषेधाज्ञा तोड्ने घोषणा ग¥यो ।

यी सबै घोषणा हेर्दा लाग्थ्यो, बल्खु र तीनकुनेभन्दा पनि राप्रपाको आन्दोलन अझ सशक्त हुनेवाला छ । तर दृश्य त्यस्तो देखिएन । संख्याको हिसाबले राप्रपाको यो आन्दोलनमा उल्लेख्य सहभागिता नदेखिँदा केही रोचक दृश्य भने देखिए ।