काठमाडौं—राजसंस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै सडक संघर्षमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आन्दोलन एकपछि अर्को गर्दै कमजोर बन्दै गएको छ । बैशाख७ गते सरकारले तोकेको निषेधित क्षेत्र तोड्ने भन्दै काठमाडौँमा तय गरिएको कार्यक्रम सुरु नहँुदै अध्यक्ष राजेन्द्र लिङदेन, वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही पक्राउ परे ।
उनीहरु पक्राउ परेसँगै आइतबारको प्रदर्शन, प्रदर्शनमै सीमित बन्न पुग्यो । बिजुली बजार क्षेत्रबाटबानेश्वरतर्फ अगाडि बढ्ने भनिएको आन्दोलन नेतृत्वविहीन बन्न पुग्दारानो बिनाको मौरी जस्तै बनेको देखिन्थ्यो ।
प्रतिक्रिया