Breaking

पूर्वराजाको चलाखीले गणतन्त्रवादी आत्तिए, ‘लन्च मिटिङ’को भित्री सन्देश अर्कै, दुर्गा प्रसाईंलाई नै धोका(भिडियो)


काठमाडौं—कहिले निर्मलनिवास बाहिर नागरिक भेट्ने त कहिले समर्थकसँग लन्चबे्रक गर्ने पूर्वराजा ज्ञानेन्द्र शाह एकखाले बेचैनीमा छन् । तीनकुने घटनाले सेलाउँदै गएको राजावादी आन्दोलन र नेतृत्वविहीनताको अवस्थाले उनी नयाँ रणनीतिको खोजीमा लागेका हुन् । यसैको उदारहण उनले नयाँ बर्षको शुभकामना सन्देशबाटै पृथ्वीपथमा लाग्ने प्रष्ट पारेका छन् । यद्यपि आफ्नो सत्तारोहणमा आशावादी ज्ञानेन्द्रले यो मोडलको पूर्ण व्याख्या भने गरेका छैनन् ।

त्यसबाहेक पूर्वराजा शाहले राप्रपाका ७ जना नेताहरूलाई निर्मल निवासमा बोलाएर लन्च मिटिङ गरे । सो क्रममा राजतन्त्रको पक्षमा जनमत बढेपनि राजावादी समूह नै एकताबद्ध नभएको गुनासो पोखेकोका उनले प्रहरीलाई फूल दिनुभन्दै तीनकुनेले गुमेको सहानूभूति कायमै राख्ने नयाँ अस्त्र फाले ।

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसहित पूर्वअध्यक्ष पशुपति शमशेर राणा, प्रकाशचन्द्र लोहनी, उपाध्यक्ष विक्रम पाण्डे, उपाध्यक्ष ध्रुवबहादुर प्रधान, बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाहीसँगको भेटमा पूर्वराजाले
हुनसक्ने र राजतन्त्र फर्काउने यात्रामा सहयोग पुग्ने धारणा राखेका थिए ।